शानदार लयमा लुम्बिनी लायन्स
तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ ।
लुम्बिनी लायन्सले बिहीबार जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै नेपाल प्रिमियर लिगमा लगातार चौथो खेलमा अपराजित यात्रा कायम राख्यो।
कप्तान रोहित पौडेलको ३८ रनमा लुम्बिनीले १४९ रन बनायो, र डार्शी शर्ट, तिलक भण्डारी तथा शेर मल्लको बलिङमा जनकपुर १३३ रनमै रोकियो।
लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ र प्लेअफको निकै नजिक पुगेको छ।
लगातार उत्कृष्ट बलिङ प्रदर्शन । ब्याटिङमा पनि परिक्षण । अनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित । नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो सिजन लुम्बिनी लायन्सको शानदार प्रदर्शन जारी छ र नतिजा पनि आफ्नो पक्षमा पारिरहेको छ ।
स्रोत: साभार अनलाईन खबर ,नयाँ साइट को परिक्षण हुदैछ

सम्बन्धित समाचार

क्रिकेटको नेट रन रेट के हो?
तालिकामा टोलीको स्थान छुट्याउँदा प्रयोग हुने गणना।

फुटबल लिगको अंक प्रणाली बुझौँ
जित, बराबरी र गोल अन्तरले स्थान कसरी बदल्छ?

युवा खेलाडीको प्रशिक्षणमा प्राथमिकता
सीप विकास, विश्राम र सुरक्षित अभ्यासको सन्तुलन।

महिला खेलकुदमा पहुँच बढाउने उपाय
मैदान, प्रशिक्षक र नियमित प्रतियोगिताको आवश्यकता।
प्रतिक्रिया
प्रतिक्रिया लोड हुँदै…