Skip to main content
Economy

हामी सबैको आँखा ७० खर्बको अर्थतन्त्रलाई चलायमान गराउनु पर्नेमा छः अर्थमन्त्री वाग्ले

ghggfgfg

1 min read
Share
gbhgh
Text size

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गरे ।

चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उनले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताए । वाग्लेले सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्म निजी क्षेत्रको सहभागितालाई लिएर समाजमा अझै पनि प्रश्न उठ्ने गरेको बताए । सबै काम राज्यले नै गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ ।

View saved stories
Share
Anita Rai
Anita Rai

Technology Correspondent

Reports on startups, digital payments and internet policy.

Comments

Loading comments…

Related stories